सुनको मुल्यमा सामान्य गिरावट

   १७ बैशाख २०८१, सोमबार १३:०३  

रौतहट, १७ वैशाख । आज सोमवार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोलामा ४ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएका थिए भने आज प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको छ । तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा हिजो कारोबार भएको र आज १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै