चीनको पूर्व डेपुटी गभर्नर माथि घुस लिएको गम्भीर आरोप

   १७ बैशाख २०८१, सोमबार १३:२७  

बेइजिंग, एजेन्सी । चीनको केन्द्रीय बैंकका तकालिन डेपुटी गभर्नर माथि घुस लिएको गम्भीर आरोप लागेको छ ।
फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा निजलाई अनुसन्धानको दायरामा ल्याइएका थिए ।
चिनियाँ राज्य प्रसारक सिसिटिभीले श्रोतहरु सँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको दाबी गरेको उनी माथि गम्भीर आरोप लगाइएको छ । उनी सन् १९९३ देखि सन् २०२२ को बीचमा गैरकानुनी गतिविधिमा संलग्न थिए ।
बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले जनाएको छ ।
एजेन्सी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै