टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा

   १७ बैशाख २०८१, सोमबार १५:०६  

न्युजिल्यान्ड, १७ वैशाख । जुन महिना देखि सुरु हुने टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा गरिएको छ ।
घोषणा गरिएका टिममा न्युजिल्यान्डले आफना अनुभवी ब्याट्सम्यान केन विलियम्सनलाई कप्तानीको जिम्मेवारी दिएको हो । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि टिमको घोषणा गरेको न्युजिल्यान्ड क्रिकेट कन्ट्रोलले जनाएको हो ।
तीव्र गतिको बलिङ जोडी टिम साउथी र ट्रेन्ट बोल्ट जस्ता अनुभवी खेलाडीलाई समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको छ ।
विश्वकपमा न्युजिल्यान्डको पहिलो खेल जुन ७ मा अफगानिस्तान सँग गुयानामा हुनेछ । समूह सी प्रतिस्पर्धामा न्युजिल्यान्डले सह–आयोजक वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनीसँग खेल्नेछ ।
न्यूजिल्यान्ड टिमः केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, ड्यारल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै