तराईमा बढ्दै अत्याधिक गर्मी, सम्भावित असरहरू, बच्ने उपायहरू

   १७ बैशाख २०८१, सोमबार १७:२३  

रौतहट, १७ वैशाख । आगामी केही दिनसम्म देशभरको तापक्रम उल्लेख्य मात्रामा बढ्ने मौसम विज्ञान विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
तराईंका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नु महाशाखाले भनेको हो ।
तराईंका भूभागहरूमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाइएको छ । साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले महाशाखाले सूचनामा उल्लेख गरेको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू
थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने
तातो हावा तथा तातो लहरबाट बच्ने उपायहरू
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने । बाहिरी वातावरणमा बढी नजाने । घाममा बढी एक्स्पोज नहुने । हल्का लुगा लगाउने । सुती कपडा लगाउने । बाहिर निस्कँदा टाउको छोप्ने । टोपी लगाउने । नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने । स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै