रौतहटमा एक धामीको हत्या, तिन पक्राउ

794 Shares

रौतहट, ११ असोज । १८ बर्ष अघि बोक्सीको आरोप लगाउने एक धामीलाई रौतहटमा हत्या गरिएको छ भने धामीको हत्यामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेर सार्वजनिक गरेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीको एसपी विनोद घिमिरेले चन्द्रपुर नगरपालिका वडा नम्वर ३ गैडाटार गाछी टोलका ५० बर्षिय रोहिनी प्रसाद घोरसैनीलाई भदौ २६ गते दिउसो साढे ४ बजेको समयमा गैडाटार स्थित कालापानी सामुदायिक वन अन्तर्गतको जंगलको झाडीमा पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घोरसैनीलाई पासो लगाएर झुण्डयाइएको अवस्थामा हेर्दा आत्महत्या जस्तो सवै प्रकृतिहरु फेला परेपनि  काठमाडौ स्थित अस्पतालमा पोष्टमार्टम हुँदा चिकित्सकले शंकाष्पद भएपछि प्रहरीले अनुसन्धान कार्य प्रारम्भ गरेको एसपी घिमिरेले भने । इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामीछानेको गहन अनुसन्धानमा २०६३ सालमा चन्द्रपुर नपा ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोल प्रसाद बोल्खेको घरमा बोक्सी लगाउदा घरका सदस्यहरु विरामी परेपछि धामी घोरासैनीलाई मार्ने जालो बुन्न थाले ।
घोरासैनीलाई मार्न बोल्खेको योजनामा तत्कालिन विप्लव माओवादी कानुनी सल्हाकार बताउने प्रलहाद फुर्याल, सिंधुली जिल्ला पिपलमाडी घर भई हाल पर्सा जिल्लाको पर्सा गढी नपा ३ सृजना टोल बस्ने बर्ष २४ बो रमेश पहरी र नवलपरासी जिल्ला पुर्वी कावासोती नपा ८ का २३ बर्षिय सुर्य बहादुर भण्डारीको मिलोमतोमा गत भदौं २६ गते हत्या गरेको प्रहरीले अनुसन्धान गरेर योजनाकार बाहेक तिनजनालाई पक्राउ गरेर आज संचारकर्मी समक्ष सार्वजनिक गरेको इलका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
मुख्य योजनाकार बोल्खे बाहेक अन्य तिनजनालाई पक्राउ परेकाहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै एसपी घिमिरेले १८ बर्ष अघिको रिसिइवी साध्न बोल्खले विप्लव माओवादीका फुर्यालको सहकार्यमा ३ लाख दिएर घोरसैनीको हत्या गर्ने डिल पक्का गरियो । डिल भएवापतको रकम मध्ये ४० हजार नगद र पटक पटक गरी १३५ हजार आइएमइबाट दिएपछि चारै जना मिलेर हत्या गरेर आत्महत्या बनाएर घटनालाई अन्तै मोड दिने कोशिश गरिएको कार्यलाई रौतहट प्रहरीको सुक्ष्म अनुसन्धानबाट सफल भएको एसपी घिमिरले बताए ।
मुख्य योजनाकार बोल्खेलाई समात्न प्रहरीले व्यापक रुपमा खोजी कार्य जारी राखेको भन्दै अपराध गर्ने जस्तो सुकै अपराधीलाई सुक्ष्म अनुसन्धानबाट छानविन गरी कारवाहीको डायरामा लाई छाड्ने प्रतिबद्धता जनाए । मृतक घोरसैनीका बुवा भिमप्रसाद घोरसैनी पनि धामी झाक्री हुँदा खेरी नै बोल्खेको घरमा विरामी पर्दा तत्कालिन समयमा पनि घोरसैनी परिवारमाथि आक्रमण गरिएर गम्भीर घाईते बनाइएका थिए । उक्त घटनापछि गाउँमा समन्वय गरेर मिलापत्र गराइएको भएपनि उक्त रिसिइवी राखेका थिए सोही रिसिइवीको कारण योजनाबद्ध तवरबाट घोरसैनीको हत्या भएको रौतहट प्रहरीको एसपी घिमिरेले ठहर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार