दुर्गा भगवतीको बडहर्वाको चार घारमा आगलागि, दश लाखको क्षति

   १७ बैशाख २०८१, सोमबार २१:३९  

फाइल तस्वीर
रौतहट, १७ वैशाख । रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वामा सोमवार साँझ आगलागि हुँदा चार जनाको घर जलेको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बागमती नदी पारी बडहर्वा गाउँका शत्रुधन बैठाको घरमा आज साँझ ७ बजेको समयमा खाना पकाउने क्रममा अचानक आगो सल्किदा उनको तिन जना छिमेकीको घर जलेको हो ।
आगलागि भएको खवर पाउना साथ सशस्त्र प्रहरीको विओपी छतौना सर्लाहीका सशस्त्र प्रहरी नायव निरीक्षक देवकृष्ण पाण्डेको कमाण्डमा ९ जना र इलाका प्रहरी कार्यालय गडहियाबाट गौरीशंकर साहको कमाण्डमा ५ जना र प्रहरी चौकी बडहर्वाबाट प्रनानी राजन सिंहको कमाण्डमा तिन जना तत्कालै आगो लागेको स्थानमा पुगेर स्थानीय बासिन्दाहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटले जनाएका छन् ।
आगलागिबाट कुनै मानविय तथा पशु चौपायाको क्षति नभएपनि भौतिक सम्पत्तीहरु जलेर नष्ट भएको जानकारी गराउदै सशस्त्र प्रहरी रौतहटका एसपी विक्रम हुमागाईले शत्रुघन बैठा धोवीको घरमा ८० हजार, नवल सहनीको चार लाख, द्वारिका सहनीको पाँच लाख, छटु साह सोनारको घरमा ५० हजार गरेर १० लाख ३० हजारको भौतिक सम्पत्ती क्षति भएको बताए ।
जसमा नवल सहनी, द्वारिका सहनी र छटु साहको घर पूर्ण रुपमा जलेर नष्ट भएको उनले जानकारी दिए । घर जलेका परिवारलाई उचित बन्दोबस्त मिलाउन स्थानीय बासिन्दाहरु तथा स्थानीय तह सक्रिय भएको बुझिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै