आजको मौसम

   १८ बैशाख २०८१, मंगलवार ०६:५०  

रौतहट, १८ वैशाख । नेपालमा अहिले पश्चिमा वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाको छ ।
पश्चिमा वायु संगै स्थानीय वायुको सामान्य प्रभावको कारण देशका पहाडी भु भागमा आँशिक रुपमा बदली रहने अन्य भागमा मौसम सफा रहने जनाएको हो ।
मंगलवार दिउँसो  कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको बताइएको छ ।
लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी क्षेत्रको थोरै स्थानहरूमा तातो हावा–हुरी चल्ने सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै