इलाम २ मा घण्टीको जमानत जफत, सुहाङ प्रतिनिधि सभामा निर्वाचित

   १८ बैशाख २०८१, मंगलवार ०७:०५  

इलाम, १८ वैशाख । इलाम २ को सम्पन्न भएको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जमानत जफत भएका छन् ।
रबी लामिछाने नेतृत्वको रास्वपा मिशन ८४ भन्दै जनताको अपरा माया स्नेह आफू संग रहेको भन्दै घण्टी बाहेक अन्यलाई जनताले पत्याउदैनन् त्यस्ता सोच भएका रास्वपाले इलाम २ का जनताले पाठ सिकाइदिएका हुन् ।
रास्वपा उम्मेदवार मिलन लिम्बुले १० प्रतिशत मत कटाउन नसकेपछि उनको जमानत जफत भएको छ । कुल सदर मतमा लिम्बुले ५ हजार ५० मात्र मत पाउदा उनको जमानत जफत भएको बुझिएको छ ।
इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे भने दोस्रो स्थानमा रहेका नेपाली काँगैसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै