56
Shares
राधेश्याम कुशवाहा
सर्लाही, १८ वैशाख । सशस्त्र प्रहरी वल नेपाल नम्वर १० गण स्थापना भएको १७ औं बर्षको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
१० गण हेडक्वाटर सर्लाहीद्धारा आयोजना गरिएका “रक्तदान नै जिवनदान हो” मुल नाराका साथ ३६ जना सशस्त्र प्रहरीका कर्मचारीहरुले रक्तदान गरेको जनाइएको हो ।
१७ औ स्थापना दिवसको अवसरमा बिभिन्न व्यावसायिक प्रतियोगिता एवं कार्यक्रमहरुको आयोजना गरियो । सोही क्रममा हिजो सोमबारका नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सर्लाही सँगको सहकार्यमा त्यस गणका गणपति एसपी विनोद राज खनाल सहित मातहत विओपीमामा कार्यरत ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुद्वारा गरिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण हेडक्वाटर सलेमपुर सर्लाहीले वैशाख १९ गते बुधवार का दिन भव्य रुपमा बार्षिकोत्सव मनाउने तयारीमा जुटेको बताइएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट