नविल बैंकको वाइपास शाखाको भल्टबाट एक करोड रकम गायव

39 Shares

पर्सा, १८ वैशाख । पर्सा सदरमुकाम वीरगञ्ज महानगरपालिकाको वाइपासमा रहेका नबिल बैंकको शाखाको भल्टबाट एक करोड भन्दा बढि रकम गायव भएको रहस्य खुलेका छन् ।
वीरगञ्ज महानगरपालिकाको वाइपासमा रहेका नविल बैंकको शाखाबाट आईतवार राति भल्टबाट एक करोड भन्दा बढि रकम गायव भएको समाचार बाहिएपछि तरंग सृजना भएका हुन् ।
श्रोतका अनुसार योजनाबद्ध तवरबाट भल्टबाट रकम गायव भएको बुझिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर रकम चोरी हुनु कर्मचारीहरु पनि शंकाको घेरामा आएको छ । स्रोतका अनुसार भल्टमा भएको करिब ३ करोड भन्दा बढी रकम मध्ये एक करोड बढी चोरी भएको बाँकी रकम भल्टमै सुरक्षित रहेको बताए ।
शाखा कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको छ । चोरीको प्रकृति हेर्दा योजना बनाएर रकम लुटिएको स्पष्ट रुपमा बुझिन सकिन्छ ति श्रोतले दाबी गरेका छन् ।
त्यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको थियो ।
घतलोग्दो के छ भने चोरी हुनु पूर्व बैंकको सिसिटिभी क्यामरा पनि बिग्रिएको बुझिाएको छ । बैंककै कर्मचारीको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । किनभने सिसिटिभी क्यामरा पनि चोरी हुनु पूर्व नै बिग्रिनु र भल्ट कहाँ छ ? त्यसबाट आधा पैसा चोरी हुनु र आधा नहुनु लगायतका कारणले कर्मचारीको संलग्नतालाई पुष्टि गर्ने पर्याप्त सम्भावना रहेको ति श्रोतले दाबी गरे ।
पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले नबिल बैंकको वाइपास शाखाको भल्टबाट रकम गायव भएको विषयमा गहन छानविन सुरु गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार