52
Shares
सोलोमन, एजेन्सी । चिनियाँ समर्थक मानिएका सोगाभारे सोलोमन टापुमा भोटिंग हुँदा प्रधानमन्त्रीको रेसबाट बाहिरिएका छन् ।
सोलोमन टापुका वर्तमान प्रधानमन्त्री मानसेह सोगाभारे निर्णायक चुनाव पछि अर्को प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएका हुन् ।
सोगाभेरेको पार्टीले आधा सिट गुमाएपछि सोलोमन टापुका सांसदहरूले बिहीबार प्रधानमन्त्रीका लागि मतदान गर्नेछन् । सोगाभारेलाई सन् २०२२ मा चीनसँगको सुरक्षा सम्झौतामा हस्ताक्षर गरेकोमा चीन समर्थक मानिएको थियो, जसले चिनियाँ प्रहरीलाई द्वीपसमूहमा प्रवेश गर्न स्वीकृति दिएको थियो ।
श्रोतः रोयटर्स