भारतले श्रीलंकाको उत्तरी बन्दरगाहको निर्माणमा पूर्ण सहयोग गर्ने

43 Shares

कोलम्बो, एजेन्सी । श्रीलंकाको मन्त्रिपरिषद्ले मंगलबार उत्तरी प्रान्तको कानकेसन्थुराई बन्दरगाहको जीर्णोद्धार कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
उक्त बन्दरगाहको निर्माण परियोजनामा भारतले सम्पूर्ण लागत अमेरिकी डलर टज्ञ.छ मिलियन अनुदान दिन सहमत भएको मिडिया रिपोर्टमा जनाइएको हो ।
श्रीलंकाको उत्तरी क्षेत्रमा अवस्थित कनकेसन्थुराई पोर्ट वा केकेएस पोर्ट, लगभग १६ एकड क्षेत्रफल भएको, पोन्डिचेरीको कराइकल पोर्टबाट १०४ किलोमिटर (५६ समुद्री माइल) को दूरीमा अवस्थित रहेको बताइएको छ ।
तमिलनाडुको नागपट्टिनमलाई जाफ्ना नजिकैको कानकेसन्थुराइ बन्दरगाह सँग जोड्ने सिधा यात्रुवाहक जहाज सेवाले लगभग साढे तीन घण्टामा १११ किलोमिटर (६० नॉटिकल माइल) दूरी तय गर्छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार