टी-२० सिरिजको तेस्रा खेलमा नेपाल वेस्टइन्डिज ‘ए’ सँग ७६ रनले पराजित

55 Shares

काठमाडौं, १९ वैशाख । नेपालले टी २० सिरिजको तेस्रो खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ ।
पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८, विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।
वेस्टइन्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रन ३ विकेट, गुडाकेश मोतीले ४ ओभरमा २८ रन २ विकेट, ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १–१ विकेट लिए ।
वेस्टइन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएर २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनको अविजित शतकीय इनिङ खेलेका थिए । एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट, फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नट आउट रहे । स्पिनर सागर ढकाल र करण केसीले १–१ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले जितेकोे थियो । दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार