१८ महिना देखि बन्द रहेको सिमानाकाहरु पैदल जानआउन खुल्यो, तर सवारी साधनहरु अझै बन्द

   १२ आश्विन २०७८, मंगलवार १८:३४  

तराई टप संवाददाता
रौतहट, १२ असोज । कोभिड १९ को कारण डेढ बर्ष देखि बन्द रहेका भारत संग जोडिएका सिमानाकाहरु सुचारु भएपनि सवारी जन्य साधन अझै संचालन आउन सकेको छैनन् ।
गत आईतवार बसेको मन्त्री परिषदको वैठकको निर्णय अनुसार नेपाल भारत सिमानाहरु यात्रुहरुलाई ओहरदोहर गर्न सुचारु गरिने सक्ने छ । सोही अनुसार रौतहटको विभिन्न सिमानाकाको स्थल मार्गहरुबाट नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्रै नेपाल आगमन गर्न दिनइने निर्णय अनुसार यहाँको सिमानाकाहरु स्थल मार्गको रुपमा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
नेपाली नागरिकहरु भारत प्रवेश तथा भारतीय नागरिकहरु नेपाल प्रबेशमा रोक लगाइएको भएतापनि अनाधिकृत रुपमा तथा लुकिछिपी रुपमा नेपाल भारत आवतजावत गरिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार एक सुचना प्रकाशित गरेर निश्चित मापदण्ड पुरा गरेर मात्र नेपाल प्रबेश अनुमति दिइने उनले भने ।
रौतहटको सिमा नाकाहरु गौर भन्सार कार्यालय, राजदेवी नगरपालिकाको ब्रम्हपुरी र लक्ष्मिपुर, ईशनाथ नगरपालिकाको मनमोहन गेट, लतमरी, महुलिया र बन्जरा, परोहा नगरपालिकाको घिउरा, खाप र जयनगर तथा बौधीमाईको नरकटिया र छोटी भन्सार बंकुलमा सम्बन्धित स्थानिय तहहरुले सो स्थानहरुमा हेल्थ डेस्क तयार भएपछि नेपाल भारत आवतजावत गर्न पाउने प्रजिअ यादवले जानकारी लिए ।
भारतीय नागरिकहरुलाई नेपाल प्रबेश गर्नका लागी ७२ घण्टा भित्रको कोरोना परिक्षण नेगेटिभ हुनु पर्ने जनाइएको छ । बिदेशी नागरिकको हकमा नेपाल आउनेहरु ब्यक्तिहरुका लागि अनलाइन फारम भरिसोको प्रतिलिपि लिइ आउनु भएमा मात्र नेपाल प्रबेश गर्न दिइने जनाएको छ । कोरोना सँग मिल्दाजुल्दा लक्षण देखा परेका ब्यक्तिहरुलको पिसिआर परिक्षण गराउदा नेगेटिभ रिपोर्ट आएमा मात्र नेपाल प्रबेश गर्न पाउने प्रमुख जिल्ला अधिकारी यादवले स्पष्ट पारे ।
सिमावारी पारी गर्ने नागरिकहरुलाई पैदल जान मात्रै अहिले छ्ट भएपनि सवारी साधनको प्रयोग गर्न नपाउदा यहाँका जनताहरु निराश बनेका छन् । राजदेवी नगरपालिकाको व्रम्हपुरीका समाजसेवी शम्भु सप्रिमका अनुसार नेपाल भारतको जनता विच सदियौं देखि चलिआएको बेटी रोटीको सम्बन्ध माथि कारोनाले धेरै असर पारेको भएपनि त्यस भन्दा धेरै असर वर्तमान सरकारले पारेको आरोप लगाए ।
पैदल जान आउन खुला गरिएको तर सवारी साधनको प्रयोग गर्न कहि कतै नभनिदा अहिले तराई मधेशका जनताहरु निकै मर्माहतमा परेको गुनासो गरे । पहिला सहज रुपमा नेपाली सवारी साधनहरु भारतमा प्रवेश गर्ने गरेको र भारतीय सवारी साधन भन्सार तिरेर नेपाल आउने गरेको अवस्था तत्काल बहाल गर्नुपर्ने माग समेत उनले गरे ।
गौर भन्सार कार्यालयको प्रमुख शुशिल प्रसाद शर्माले अहिले सवै प्रक्रिया पुरा गरेर मात्रै यात्रुलाई जान र आउने दिने भनिएको छ तर यात्रुजन्य सवारी साधनको प्रयोगमा अहिले कुने भन्सार विभागबाट परिपत्र नआएको हुँदा सवारी साधन छिर्ने प्रश्ननै नआएको जवाफ दिए । २०७६ साल चैत ११ गते देखि भारत संग जोडिएको सिमानाकाहरुबाट मालबाहक सवारी साधन बाहेक अन्य सवारी साधन प्रवेशमा पूर्ण रोक लगाइएका थिए उक्त रोकलाई अहिले सम्म फुकुवा नगरिएको हुँदा मालबाहक सवारी साधनलाई अस्थायी पैठारीको इजाजत मात्रै रहेको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै