नेपाललाई हिन्दू गणराज्य घोषणा गरः राष्ट्रिय एकता अभियान

57 Shares
पोखरा, २२ वैशाख । राष्ट्रिय एकता अभियानले नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नुपर्ने माग उठाएका छन् ।
राष्ट्रिय एकता अभियान कास्कीमा संगठन विस्तार गर्दै उक्त माग उठाएका हुन् । संघिय हिन्दु गणतन्त्र नेपालको स्थापनाको लागि आम हिन्दुवादी संघसंस्थाहरु सक्रिय हुनु अनिवार्य रहेको भन्दै राष्ट्रिय एकता अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ ।
नवगठित अभियानको कास्की जिल्ला समितिको अध्यक्षमा सुनिल मर्सिनि, उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन गरिएका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको जनाइएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका अध्यक्ष यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र रहेको चर्चा गर्दैै राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्नेमा जोड दिए ।
नेपाललाई धर्मनिरपेक्ष देश घोषणा भएपछि राष्ट्रिय एकता कमजोर भएको ठहर गर्दै पोखरामा निर्माण भएको अंन्तरराष्ट्रिय विमानस्थलमा अंन्तरराष्ट्रिय व्यवसायिक विमान यथाशीघ्र संचालनको व्यवस्था गर्नु पर्ने मांग समेत राखे ।
पोखरा विमानस्थललाई चीनले बीआरआई संग जोडर अंन्तरराष्ट्रिय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खंडन गर्नुपर्ने तथा चीनलाई कूटनीतिक नोट नेपाल सरकारले मांग नगरूनजेल अंन्तरराष्ट्रिय समुदायमा एयरपोर्ट प्रतिको संदेह नहटने स्पष्ट पारे । एयरपोर्टमा भएको भ्रस्टाचारीहरुलाई कारवाहीको दायरामा नल्याए सम्म अभियानले आंदोलन जारी राख्ने चेतावनी दिए ।
सो कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव गुरुङ  लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार