मधेशलाई विकासको पथमा अघि बढाउन वर्तमान सरकारको प्राथमिकताको सूचीमाः प्रधानमन्त्री प्रचण्ड

77 Shares
बलरा (सर्लाही), २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले मधेशलाई विकास योजनाको सूचीमा राखेर यहाँका विकास निर्माण सहित आधारभुत आवश्यक्तालाई पुरा गराउने प्रमुख दायित्व अहिलेको सरकारको भएको प्रतिबद्धता जनाए ।
नेकपा (माओवादी केन्द्र) सर्लाहीद्धारा बलरा नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशलाई प्राथमिकताको सूचीमा रखेर यहाँका जनताहरुको आमूल परिवर्तनको पक्षमा वर्तमान सरकार निरन्तर रुपमा काम गर्ने प्रतिबद्धता जनाउदै मधेशी जनताहरुलाई आफू तर्फ आकर्षित गराउने प्रयास गरे ।
आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशको लागि पर्याप्त बजेट बिनियोजित गराएर यहाँको समस्याहरुलाई समाधानको गराउने दाबी गर्दै सामाजिक, आर्थिक, साँस्कृति क्षेत्रमा विकासको लहर ल्याउने बताए ।
सुख्खा मौसममा दिनहुँ चलिरहेको हावाहुरीबाट सयौं घरधुरी आगलागिको चपेटामा परेर सर्वस्य गुमाउनु परेका तत्कालै आगलागी पीडितलाई राहत उपलब्ध गराउने जिकिर गरे । आफनो सरकारले आगलागि प्रति पिडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय भएको उनले सुनाए ।
सर्लाही मात्रै नभएर देशको हरेक स्थानहरुमा आगलागीबाट अहिले ठूलो क्षति भइसकेको बताउर्दै प्रधानमन्त्री प्रचण्डले आगलागिबाट भएको जनधनको क्षतिबाट आफूलाई निकै मर्माहत बनाएकोमा चर्चा गरे ।
मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न र नागरिकता विहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
सो कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरेर आएका नेता एवं कार्यकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डले पार्टीमा स्वागत गर्दै माला, अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार