सशस्त्र प्रहरीद्वारा विष्णु गापाका अग्निपीडितलाई राहत वितरण

67 Shares
सर्लाही, २२ वैशाख । सर्लाहीको विष्णु गाउँपालिकाको बारा उधोरणमा भएको भिषण आगलागिबाट क्षति भएका अग्निपीडित परिवारलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेका छन् ।
विष्णु गाउँपालिका वडा नम्वर ११ बारा उधोरण गाउँमा दुई दिन अघि भिषण आगलागि भएका थिए । सोही आगलागिबाट पीडित भएका ५० घर परिवारलाई सशस्त्र प्रहरी बल नेपाल नम्वर २ छिन्नामस्ता बाहिनीबाट राहत सामग्रीहरु वितरण गरिएका हुन् ।
वाहिनपति एवं सशस्त्र प्रहरीका डिआइजी दिपेन्द्र शाहले ५० जना अग्निपीडित परिवारलाई राहत वितरण गरे । प्रति राहत प्याकेटमा कम्मबल १ थान, तन्ना १ थान, सिरानी १ थान, थाल, गिलास, कचौरा, पानीको बोतल, तौलिया एक एक थान राखिएको थियो ।
राहत वितरण गर्दै अग्निपीडित परिवार प्रति डिआईजी शाहले सहानभुती देखाउदै आगलागिबाट भएको भौतिक सम्पत्तीको क्षतिबाट भएको दुखको घडीमा आफू यहाँ संगको साथमा रहेको बताउदै आफूलाई निकै दुखि बनाए बताए । दुखको घडीमा यहाँको जनताहरुको साथमा सधै सशस्शत्र प्रहरी रहेको हुँदा जस्तो सुकै परिस्थितिमा विपद व्यवस्थापन गर्न गराउन सशस्त्र प्रहरी सक्षम स्पष्ट पारे ।
सो राहत वितरण कार्यक्रममा विष्णु गापा अध्यक्ष जवाहार लाल यादव, सशस्त्र प्रहरी वल सर्लाहिका एसपी विनोद खनाल सहितका स्थानीय बासिन्दाहरुको  उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार