लखनउलाई हराउदै आइपीएलको शिर्ष स्थानमा उक्लियो कोलकत्ता नाइट राइडर

67 Shares
लखनउ, २४ एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनको फराकिलो अन्तरबाट हराउदै अंक तालिकामा शिर्ष स्थानमा उक्लीन सफल भएको छ ।
कोलकाताले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुदै ९८ रनको फराकिलो हार बेहोर्न बाध्य भए । लखनउ टोलीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कप्तान केएल राहुलले २५ रन तथा एस्टन टर्नरले १६ रन तथा आयुश बदोनीले १५ रन र निकोलस पुरनले १० रन बनाए ।
अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । लखनउलाई सस्तोमा समेट्न हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए भने आन्द्रे रसले २ तथा सुनिल नरेन र मिचेल स्टार्कले १–१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । कोलकाताका लागि प्लेयर अफ द म्याच घोषित सुनिल नरेनले ३९ बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ६ चौका र ७ छक्का हिर्काए । उनलाई अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२ रन बनाउँदै राम्रो साथ दिए ।
खेलको अन्त्यतिर कप्तान श्रेयर ऐयरले २३ रन र रमनदीप सिंहले २५ रन प्रहार गरे । लखनउका लागि नविन उल–हकले ३ तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले १–१ विकेट लिए ।
जितपछि ११ खेलबाट कोलकाताको १६ अंक पुगेको छ । टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।