७ चिनियाँ सैन्य विमान, ५ नौसैनिक जहाज ताइवान क्षेत्रमा ट्रेस गरियो

   २४ बैशाख २०८१, सोमबार १२:४१  

ताइपेय, एजेन्सी । अन्तरराष्ट्रिय सीमाको उलंघन गर्दै ७ सैन्य विमान र ५ नौसैनिक जहाज ताइवानको समुद्री क्षेत्रमा प्रवेश गरिएको ट्रेस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
ताइवानले शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजे सम्ममा सातवटा चिनियाँ सैन्य विमान र पाँचवटा नौसैनिक जहाजहरू देशभरीमा घुमिरहेको ट्रेस गरिएको ताइवानको रक्षा मन्त्रालयले जनाएको हो ।
सातवटा चिनियाँ सैन्य विमानमध्ये एउटा मध्य रेखा पार गरी ताइवानको दक्षिण पश्चिम एडीजमा प्रवेश गरेको मन्त्रालयले जनाएको छ । रिपोर्टका अनुसार, ताइवानले मे महिनामा अहिलेसम्म ३९ पटक चिनियाँ सैन्य विमानलाई ट्र्याक गरिएको जनाएका छन् ।
श्रोतः एएनआई

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै