गोंगवु होटलमा शव फेला परेको महिलाको पहिचान खुल्यो

   २४ बैशाख २०८१, सोमबार १३:४७  

काठमाडौं, २४ वैशाख । काठमाडौंको गोंगवु स्थित एक होटलमा फेला परेको महिलाको शवका पहिचान खुलेको छ ।
मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नंम्वर २ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव गोंगबु होटलमा शुक्रवार फेला परेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।
चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका वडा नम्वर १५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।
प्रहरीसमक्ष कार्कीले दिएको बयान अनुसार, लामो समय सम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरी रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै