सुनको मुल्य २ सय रुपैयाँले वृद्धि

   २४ बैशाख २०८१, सोमबार १४:०४  

काठमाडौं, २४ वैशाख । सोमबार सुनको मुल्य प्रति तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको मुल्य स्थिर थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ६४० मा कारोबार भएको चाँदी मुल्य आज १ हजार ६६० रुपैयाँमा कारोवार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै