जनकपुरमा हतियार देखाएर ८० लाख लुट्यो

   २४ बैशाख २०८१, सोमबार १५:०७  

जनकपुरधाम, २४ वैशाख । जनकपुरधाममा सोमबार हतियार देखाएर अज्ञात समूहले ८० लाख रुपैयाँ लुटपाट गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १९ स्थित थुमौना गाउ बाट श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटेको हो ।
महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारी अज्ञात समूहले झोलामा रहेका रकम लुटेको प्रहरीलाई वताए । घटनाका विषयमा आवश्यक अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै