महोत्तरीमा ५० किलो गाँजा सहित भारतीय गाडी बरामद

   २४ बैशाख २०८१, सोमबार १५:३७  

महोत्तरी, २४ वैशाख । महोत्तरीको औरही नगरपालिका वडा नम्वर ८ टिमकिया बाट ५० किलो अवैध लागूऔषध गाँजा सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले एमएच् ४३ एबि ०५६६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार नरोकी औरहीतर्फ भागे पछि प्रहरीले पिछा गर्दै जाँदा टिमकिया स्थित बाटोमा कार छाडी मानिस फरार भएका थिए । फेला परेको भारतीय गाडीलाई तलासी गर्दा डिक्की र पछाडिको सिट मुनी रहेको ५० किलो अवैध गाँजा फेला पारी बरामद गरेको महोत्तरी प्रहरीले जनाएको हो ।
फरार कार चालकको खोजी कार्य जारीरहेको तथा त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै