रौतहट, २७ वैशाख । द पोएट आइडियल सिजन टु मा रौतहटको मुक्ता गौतम प्रतिको क्रेज निकै बढेको छ ।
हिमालय टेलिभिजन एचडीबाट प्रशारण भईरहेको द पोएट आइडियल सिजन टु को टप ६ मा पुग्न सफल भएकी रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ की मुक्ता गौतमले आफनो प्रतिष्पर्धीलाई उछिन्दै यहाँ सम्म आईपुगको हुँदा समस्त रौतहटबासीले उनीप्रति शुभेक्षा एवं सहानुती राखिदिन स्थानीय युवाहरुले आग्रह गरेको हो ।
मुक्तालाई अब टप ४ मा पुग्नका लागि निकै कडा प्रतिष्पर्धाको सामना गर्नुपर्ने देखिन्छ । मुक्तालाई द पोएट आइडिएलको टप स्थानमा पुर्याउन समस्त रौतहटबासीले आ आफनो अमूल्य मत दिनुपर्ने अवस्था आएको छ ।
टप ४ मा छनौट हुनको लागि एकपटक भोट गरिदिन प्रतिष्पर्धी मुक्ताले आम जनता एवं आफना शुभेच्छुकहरु संग आग्रह गरिन् । टप ४ मा पुग्नको लागि धेरै प्रतिष्पर्धा हुने भएको हुदा एकपटक सम्पुर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी तथा साथीहरुलाई रौतहटको चेलीलाई बढि भन्दा बढि अमूल्य भोट गरेर सहयोग गरिदिन मुक्ताले समाजिक संजाल मार्फत आग्रह गरेकी छिन् ।
लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ को वाइल्ड कार्ड श्रृंखलाको मञ्चमा नै गायक प्रमोद खरेलले उहाँको शब्दलाई कम्पोज गरी सुन्दर संगीत रचना गरिदिएका थिए । गायक खरेलले मुक्तालाई भविष्यमा सहकार्य गर्नसकिने भनेर हौसला प्रदान गरे ।
अब मुक्तालाइ अघिल्लो राउण्डमा पुग्नका लागि जनता सहित रौतहटबासीको अमूल्य भोटको खाँचो रहेको छ । रौतहटमा जन्माएको प्रतिभालाई फुलाउन हाम्रो माया, साथ, सहयोग र प्रोत्साहन जरुरी रहेको भन्दै समाजिक संजालमा उनको लागि स्थानीय युवाहरुले भोट माग्ने काम भइरहेको छ । प्रतियोगी मुक्ताले अघिल्लो राउण्डमा पुग्नको लागि आम नागरिक संग आफनो अमुल्य मत मागेकि छिन । एकपटक भोट गरेर आफनो प्रतिभा आम नेपाली बिच ल्याउनको लागि उनले सहयोग गरिदिन आग्रह समेत गरेकी छिन ।
भोटिङ लाइन भोली शुक्रबार दिउँसो १२ बजे सम्म खुल्ला रहनेछ । चन्द्रपुरकी चेली मुक्तको लागि मधेश प्रदेश उधोग तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर, चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी लगायतले समाजिक संजाल मार्फत मुक्तालाइ भोट गर्न आग्रह गरेका छन ।
रौतहटको उर्जावान एवं सिर्जनशिल प्रतिभालाई फुलाउन हाम्रो माया, साथ, सहयोगको खाँचो रहेको नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पुरीले बताए ।
भोट गर्न ओएसआर कनेक्ट एस डाउनलोड गरी इसेवा र खल्तीको माध्यम बाट भोट गर्न सकिन्छ । विदेशमा बस्नुहुने शुभचिन्तकहरुले खल्ती डट कम बाट भोट गर्न सक्नुहुने मुक्ताले जानकारी दिए ।