रौतहट, २८ असोज । विकास तथा प्रविधि समिति प्रतिनिधि सभाको सभापति कल्याणी खड्काले विकासको नाममा विकासको नाममा प्रकृतिलाई दोहन गरेर विनाश गर्ने प्रवृति अन्त्य नभए सम्म विपद जोखिम व्यवस्थापन गर्न निकै चुनौती हुने गरेको पाइएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति रौतहटद्धारा बुधवार गौरमा आयोजित “जिल्ला विपद जोखिम व्यवस्थापन एवं शान्ति सुरक्षा” वारे समन्वय बैठकलाई सम्बोधन गर्दै विकास तथा प्रविधि समितिको सभापति खड्काले चुरेभावर देखि लिएर तल दक्षिण सम्म विकासको नाममा जथाभावी रुपमा खोलामा हुनेगरेको दोहनका कारण बर्षेणी रौतहट जिल्ला बाढी, कटान, डुवान लगायतको समस्या भोग्दै आएको छ ।
जबसम्म विकासको नाममा विनाशको कार्य बन्द हुँदै तव सम्म प्रकृति संग हामी लड्न अवस्था नहुने भएको हुँदा जथाभावी रुपमा प्रकृतिलाई दोहन गर्ने बानी सबै सरोकारबाला पक्षहरु बन्द गरेर सोको व्यवस्थापन तर्फ नलागेमा यहाँको समस्या यथावतै रहदै आउदो दिनहरुमा भयाभय हुने चेतावनी दिए ।
तत्काल आइपरेको समस्या समाधान गर्नका लागि अहिले स्थानीय सरकार पनि जनताको विचमा काम गरिरहेको अवस्थामा सबै कार्य संघ र प्रदेशले मात्रै गर्ने स्थानीयको भुमिका केही छैन भनेर पन्छिने बानी त्यागेर सर्वप्रथम प्रत्यक्ष रुपमा स्थानीय सरकार अघि बढेर आइपरेको समस्यालाई समाधान गर्ने तर्फ यथोचित कदम चाल्नुपर्नेमा जोड दिए । दिर्घकालिन समस्या समाधान गर्न संघिय, प्रादेशिक सरकारले स्थानीय सरकार संग समन्वय गरेर समाधान तर्फ कदम बढाउने स्पष्ट पारे ।
मुलुक संघिय ढाँचामा अभ्यास गरिरहेको परिवेशमा ऐन कानुनहरु बनाउन अलि ढिलाई भईरहेको भएतापनि तिन वटै सरकार आ आफनो जिम्मेवारी गहनताका साथ पुरा गरेमा विपद जोखिमलाई सहज रुपमा व्यवस्थापन गर्न सकिन्छ उनले भनिन । विकास तथा प्रविधि समितिको सभापति खड्काले लामो समय सम्म हाम्रो मुलुकमा एकात्मक सरकारको शासन व्यवस्था रहदा सोको अवशेषहरु रहिरहेको अवस्थामा अप्ठ्याराहरु आइरहदा क्रमिक रुपमा सुधार गर्दै संघिय सरकार अघि बढिरहेको र सोही अनुसार प्रदेश तथा स्थानीय सरकारको भुमिका रहने बताए ।
जनता समाजवादी पार्टीका नेता तथा रौतहट क्षेत्र नम्वर १ को साँसद अनिलकुमार झाले बागमती र लाल बकैया नदी रौतहटको अभिशापको रुपमा रहेको हुँदा सघिय सरकार जिम्मेवारीपूर्वक दुवै नदीको दिर्घकालिन रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । आफू पटक पटक प्रतिनिधि सभामा दुवै नदीको ठोस रुपमा व्यवस्थापन, शितलहरमा गरिव निमुखालाई न्यानो कपडा र असिनापिडितलाई राहत लगायतको मुद्दा उठाइपनि हाल सम्म संघिय सरकार जिम्मेवार भएर अघि नबढ्दा रौतहटबासी अनाहकमा दुख भोगिरहेको स्पष्ट पारे ।
संघिय साँसद तथा नेकपा प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साहले सुगम जिल्ला भएर पनि विकासको दृष्टिकोर्णबाट किन पछाडी पर्यो भने सोको कारण बागमती र लाल बकैया नदीको नटान, डुवानको समस्याले गर्दा विकासमा सबै भन्दा पछाडी परेका छौं । दिर्घकालिन रुपमा दुवै नदीको समाधान, चुरे क्षेत्रलाई उचित संरक्षण, जथाभावी रुपमा खोला दोहन बन्द गर्नुपर्ने लगायतका विभिन्न सस्याहरुलाई पहिचान गरेर अघि बढेमा मात्रै विभिन्न समयमा आइपरेको विपद जोखिमलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने स्पष्ट पारे ।
रौतहट जिल्लामा हालैको दिनमा देखापरेको हत्या हिंसा र बलात्कारको घटनाबाट आक्रान्त बनेको छ, जनताहरुको आफूलाई सुरक्षित महसुस गरिरहेको अवस्था छैन, कोभिडको समय छ चाँडपर्वको आइसकेको हुँदा अपराध मौलाउदै जाँदा कसरी समाजमा अमन चैन कायम हुन सक्छ यस तर्फ उचित रुपमा स्थानीय प्रशासन अपराधिक एरिया पहिचान गरेर अघि बढेर जिल्लामा व्याप्त रहेको अपराधको श्रृंखला माथि नियन्त्रण गर्ने उपायहरु अपनाउनुपर्ने बताए ।
मेयर क्लवको अध्यक्ष तथा गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले काम गर्दा धेरै जोखिम हुँदै गएको अवस्था सवैलाई थाहै छ तर अदालत विकास मैत्री नभएको टिप्पणी गरे । सार्वजनिक बाटो मिचेर घर बनाउदै गर्दा त्यसलाई रोक लगाउदा समेत अदालतबाट निषेधाज्ञा जारी गर्दा विकास निर्माणमा अप्ठ्यारो भएको गुनासो गरे । अदालतले निषेधाज्ञा जारी गर्नुअघि बास्तविक अवस्थाको पहिचान गरेर कारवाही गर्दा विकास निर्माणमा बाधा उत्पन्न हुदैनथ्यो तर अदालत विकास मैत्री नहुँदा विकास निर्माणले गति नपाएको बताए ।
न्यायीक समिति प्रभावकारी नभएको प्रमुख कारण प्रहरीले पनि उजुरी फाँट चलाइरहदा निकै कठिनाई भएको स्पष्ट पार्दै मेयर गुप्ताले एकातिर जनप्रतिनिधिलाई अधिकार दिनु अर्को तिर प्रहरीले पंचायती गर्नुले पनि अपराधको संख्या रौतहटमा बढेको बताए ।
संघिय साँसदद्धय शमिना हुसैन, रेखा झा, प्रदेशको मन्त्रीद्धय डिम्पल झा र योगेन्द्र यादव सहित १८ वटै स्थानीय तहको प्रमुख, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीहरु, वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको प्रमुख राजकुमार श्रीवास्तव, रेवन्त झा, नेपाल पत्रकार महासंघको अध्यक्ष रविन्द्र साह लगायत विभिन्न सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।