स्व. रामा यादवको सम्झनामा वृतचित्र विमोचन गरेः गौर नगर प्रमुख शम्भु साह

   २८ बैशाख २०८१, शुक्रबार १९:१३  

रौतहट, २८ वैशाख । स्व. श्रीमती रामा यादवको तेश्रो पुण्यतिथीको सम्झनामा वृतचित्र विमोचन तथा संक्षिप्त जिवनीमा आधारित कार्यक्रमलाई गौर नगरप्रमुख शम्भु साहले विमोचन गरे ।
जयरामा मिडिया प्राली गौरद्धारा शुक्रवार आयोजित स्व. श्रीमती रामा यादवको तेश्रो पुण्यतिथीको सम्भनामा तयार पारिएका वृतचित्रलाई कार्यक्रमका प्रमुख अतिथि गौर नगरको नगरप्रमुख साहले विमोचन गरेका हुन् ।
स्व. रामा यादवको सपनालाई सकार पार्दै अघि बढेकोमा उनका श्रीमान जयप्रकाश यादवलाई धन्यवाद दिदै नगरप्रमुख साहले गौर नगरमा पहिलो टेलिभिजनको रुपमा रहेका रेड टेलिभिजनबाट यहाँका विकास निर्माण देखि लिएर समाजमा खेल्नुपर्ने साकारात्मक भुमिकालाई सराहना गरे ।
गौर नगर विकासको ठूल ठूला योजनाहरुलाई प्रमुख प्राथमिकताको सूचीमा राख्दै झुलुंगे पुल, विपी चोकमा घण्टाघर, पुरेनवामा सामुदायिक भवन, गढवामा कहिल्यै नभएको सडक नाला निर्माण लगायत विभिन्न विकास निर्माणको आयोजनाहरु द्रुत गतिमा अघि बढाएको चर्चा उनले गरे । नगरको समुन्नत विकासको लागि हर सम्भव प्रयासरत रहेको बताउदै सहरी विकास आयोजनाबाट २० करोडको टाउन हल, विवाह मण्डप सहितका कार्यहरु प्रगतिमा रहेको बताए ।
नगरबाट योजना छनौट गरिरहदा बजेटको परिधी भित्र रहेर बनाइएपनि उक्त बजेट हाल कटौती भएर आउदा विकासका कार्यहरु प्रभावित भएको चर्चा गर्दै उक्त कटौती भएको बजेटको विषयमा नगरपालिका महासंघको मार्फत केन्द्रीय सरकार माथि दवाव बनाउन विभिन्न कार्यक्रमहरु चाँडै संचालन हुने भएको समेत जानकारी गराए । नगर तथा जिल्लामा रहेका संचार क्षेत्रको विकास एवं संचारकर्मीहरुलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु अगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउदै स्व. रामा यादव प्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गरे ।
सो कार्यक्रममा वडा नम्वर ५ का वडाध्यक्ष शिवशंकर यादवले आफूबाट हुने सकारात्मक सहयोग हर सम्भव गर्ने तथा यसबर्ष जयरामा मिडिया प्रालीलाई ५१ हजार बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा रौतहटका वरिष्ठ पत्रकार प्रभातकुमार झाले देशमै शिक्षाको क्षेत्रमा पछाडी परेका यस जिल्लालाई माथि उकास्न मिडियाको माध्यमबाट सकारात्क सन्देशहरु प्रवाह गरेर यहाँका जनस्तरलाई टेवा पुर्याउने खालको सुचनाहरु प्रशारण गराएर जनतालाई सुसुचित गराउनुपर्ने सुझाव दिदै सबैले आ आफनो जिम्मेवारीलाई जवाफदेहिता पूर्ण रुपमा निर्वाह गरेमा पक्कै रौतहटमा रहेका विकृति एवं विसंगतिहरु अन्त्य भई रौतहटलाई नेपालमै पूर्ण साक्षर भएको जिल्लाको रुपमा विकसित गराउने दायित्व संचार क्षेत्रको काँधमा रहेको बताए ।
जयरामा मिडिया प्रालीका अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव, रिपोटर्स क्लवका अध्यक्ष अभिमन्यु पटेल, संचारकर्मी आलोक पाण्डे, राकेश यादव लगायतका संचाकर्मीहरुले आ आफनो मन्तव्य राखेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै