काठमाडौं, २८ वैशाख । भन्सार विभागको लुटकारी प्रावधान खारेजीको माग राख्दै शुक्रवार आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले भन्सार विभाग घेराउ गरेका छन् ।
संघिय राजधानी काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालय अगाडी आम जनता पार्टी निकट रहेका आम सम्पर्क मञ्चको नेता एवं कार्यकर्ताहरुले आज पनि घेराउ प्रदर्शनलाई जारी राखेका हुन् ।
आम सम्पर्क मञ्चले सुरु गरेको आन्दोलन आगो देश व्यापी बन्दै गएको ठहर गर्दै आजपाले भन्सार नियन्त्रणको बहानामा तराई क्षेत्रका जनताहरुको नीजि सम्पत्ति लुट्ने काम तत्काल रोक्न र भन्सारको कानुनमा रहेका कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानलाई तत्काल खारेज गर्दै आन्दोलनमा होमिएको बताइएको छ ।
कथित रुपमा राखिएको ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउने माग सहित भदौं महिनामा ज्ञापनपत्र बुझाएर सुरु गरिएको चरणबद्ध आन्दोलनमा नियमावली जलाऊने, भन्सार नाकाहरुमा प्रदर्शन गर्ने र काठमाडौंमा मोटरसाइकल रयाली निकालने जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
आजको भन्सार बिभाग घेराऊ कार्यक्रमको समापन गर्दै संघर्ष समितिको संयोजक रन्जु कुमारी साहले “यदि सरकार बहिरो झै कानमा तेल हालेर यसरी बसीराख्यो भने भोली देखि आन्दोलन सशक्त बनाउने तथा त्यको जिम्मेवारी सरकार स्वयम हुने चेतावनी दिए ।”