रौतहटको लागि आएको एम्बुलेन्स जनकपुरमा राखेर चरम दुरुपयोग गर्दै गुप्ता

126 Shares

शान्ति युवा परिवार जोकहालाई भारतीय दूतावासबाट पाएको एम्बुलेन्स संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले तिन बर्ष देखि जनकपुरमा राखेर आर्थिक अनियमितता गर्दै आइरहेको छ । अहिले उक्त एम्बुलेन्स जनकपुरधाम स्थित थापा चोकमा नीजि कम्पाउण्डमा रहेको तराई टप अनलाईनलाई प्राप्त भएको तस्वीर हो ।

रौतहट, ३० वैशाख । भारतीय दूताबासबाट उपहार स्वरुप पाएका एम्बुलेन्सलाई विगत ३ बर्ष देखि अन्यत्र राखेर दुरुपयोग गर्दै आएपनि सम्बध निकाय मुकदर्शक बनेर बसेका छन् ।
भारतको गणतन्त्र दिवसको अवसरमा उपहार स्वरुप एम्बुलेन्स पाउनका लागि रौतहटको तत्कालिन जोकहा गा विस वडा नम्वर ९ तथा हाल इशानाथ नगरपालिकामा शान्ति युवा परिवार नामको संस्थालाई तिन बर्ष अघि एम्बुलेन्स प्रदान गरिएका थिए ।
रौतहटको जोकहा गाउँका जनताहरुको लागि पाएका एम्बुलेन्सलाई संस्थाका पदाधिकारीले पदिय दायित्वको चरम दुरुपयोग गर्दै जोकहा नल्याई जनकपुरमा राखेर आर्थिक अनियमितता गर्दै आएपनि सम्बध निकाय कानमा तेल हालेर चिर निद्रामा सुतिरहेको आरोप एम्बुलेन्स चालक महासंघले लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारको नाममा ११४१ नम्वरमा दर्ता भएका उक्त संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद गुप्ता रहेको अभिलेखमा देखिन्छ । सीप विकास केन्द्र धनुषाको पिडारी चोक नमूना बस्तीमा कार्यरत रहेका गुप्ताले भारत सरकारबाट संस्थालाई उपहार स्वरुप दिइएको ना.५ च १४५३ नम्बरका एम्बुलेन्सलाई सिधै जनकपुरमा राखेर आर्थिक अनियमितता गर्दै आइरहेको छ ।
यस विषयमा पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित रुपमा उजुरी दिएर जहाँका लागि आएको एम्बुलेन्स हो त्यही जिल्लामा पठाइदिनुपर्ने भन्दा समेत कुनै निकायबाट हाल सम्म पहल नभएपछि बाध्य भएर “तराई टप” अनलाईन मार्फत सम्बध निकाय समक्ष पुर्याउन खोजेको जनकपुर एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले भने ।
शान्ति युवा परिवार जोकहालाई भारतीय दूताबासबाट प्राप्त भएको ना.५ च. १४५३ नम्बरको एम्बुलेन्स जोकहाको जनताहरुले अनुहार समेत नहेरेको यहाँका जनताहरुको लागि पाएका एम्बुलेन्स जनकपुरमा राखिनु गैरकानुनी भएन, संस्थाको नाममा पाएको एम्बुलेन्स व्यक्तिगत रुपमा प्रयोग गर्न पाउछ की पाउदैन् अहिले गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
२०७९ साल फागुन महिना १५ गते २६ वटा संस्थाहरुले सामुहिक रुपमा बैठक गरेर व्यक्तिगत नाफा कमाउने एवं दलाली गर्ने उद्देश्यबाट विरामीहरुलाई सुरक्षित रुपमा अस्पताल सम्म पुर्याउनका लागि पाएका एम्बुलेन्सहरुलाई जुन स्थानको लागि पाएको हो त्यही स्थानमा पठाउन दुई पटक जिल्ला प्रशासन कार्यालय धनुषामा निर्णय भयो तर कार्यान्वयनमा आउन नसकेको केन्द्रीय अध्यक्ष ठाकुरले गुनासो गरे ।
एम्बुलेन्सहरुको वारेमा पत्ता लगाउदै जाँदा रौतहटको पनि एउटा एम्बुलेन्स भेटिएको हुँदा जोकहाको जनताहरु समक्ष पुर्याउन आफू सहितका विभिन्न संघसंगठनहरु सक्रिय रहेको बताए । उक्त एम्बुलेन्स जनकपुरधाम स्थित थापा चोकमा एक नीति कम्पाउण्डमा पार्किग गरिएको अवस्थामा फेला परेको उनले बताए ।
यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संस्थाको नाममा आएका एम्बुलेन्सलाई व्यत्तिगत रुपमा चलाउनै पाउदैनन्, जुन स्थानको लागि आएको त्यही स्थानमा राखिनुपर्ने हो तर के कति कारणबाट यहाँको एम्बुलेन्स जनकपुरमा राखेर चलाइरहेको बिषयमा आफूलाई भर्खरै जानकारी पाएको बताए । यहाँको एम्बुलेन्सलाई हामी यथाशिघ्र झिकाई आवश्यक अनुसन्धान गर्ने तथा यसका विचौलियालाई कानुन सम्मत कारवाही गरिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार