आजपाले १० औं दिन भन्सार विभागलाई घेराउ प्रदर्शनलाई जारी राखे

58 Shares

काठमाडौं, ३० वैशाख । भन्सार ऐनमा रहेका लुटकारी पुरस्कारको प्रावधानलाई खारेजीको माग राख्दै आन्दोलनरत रहेका आम सम्पर्क मञ्चका नेता एवं कार्यकर्ताहरु अकाशे झरीमा पनि घेराउ प्रदर्शनलाई आइतवार जारी राखेका छन् ।
चौथो चरण अन्तर्गत आज १० औं दिन पनि अकाशे झरीमा त्रिपुरेश्वर स्थित भन्सार बिभागको कार्यालयलाई आम जनता पार्टी निकट रेहका आम सम्पर्क मञ्चका आन्दोलनकारीहरुले कुनैपनि गाड़ीलाई कार्यालय भित्र छिर्न दिएनन् ।
धर्ना र घेराऊ कार्यक्रम जारी राख्दै भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन लगायतका माग सहित आजपाले भन्सार विभागलाई घेराउ गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार