मेयर उपमेयर विच विवाद कायमै, हुलाकाबाट बैठकमा उपस्थित हुन उपमेयरलाई पत्र

   १५ आश्विन २०७८, शुक्रबार १४:२३  

तराई टप संवाददाता
रौतहट, १५ असोज । स्थानीय तहको निर्वाचन भएपछि बजेट चलाउने विषयमा अधिकाँश मेयर र उपमेयर विच मतभेद उत्पन्न भएको सर्वविदितै छ तर उपमेयरलाई बैठकमा उपस्थित हुनका लागि हुलाकबाट पत्र पठाउनु परेको अवस्था सृजना भएको छन् ।
रौतहटको गरुडा नगरपालिकामा आउदो १७ गते तय गरिएको नगर परिषदमा उपस्थितिका लागि हुलाकबाट उपमेयर रंगीला देवी जयसवाललाई पत्र पठाइएको कुराबाट मेयर र उपमेयर विच कतिको तालमेल छ प्रष्ट भएका हुन् ।
गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले यही असोज १७ गते नगरपरिषदको लागि तिथिमिती तय गरिएको छ । उक्त बैठकमा उपस्थिति हुनका लागि उपमेयर कतिपटक प्रयास गर्दा समेत नगरपालिकामा आउन नचाहदा बाध्य भएर हुलाकबाट आमन्त्रणा पत्र पठाउुन परेको वाध्यात्मक अवस्था सृजना भएको बताए ।
यता उपमेयर श्रीमती जयसवालले राजस्व परामर्श समितिको बैठक बसेको छैन, कुनैपनि वडाबाट बजेट सिलिंगको माग गरिएको छैन्, कार्यपालिकाको वैठक समेत नबसी परिषद्को तिथि मिति तय गरिनु अत्यन्तै दुःखद भएको भनिन । गरुडा नगरपालिकामा ११ वटा मेयर रहेको प्रक्रिया दिइन् । मेयर यादवको छोरा अनिल यादव कार्यालय सहायकमा जागिर खाएपनि मेयर बनेर सवै काम गर्दै आएको उनले गम्भीर आरोप लगाइन । मेयर यादवको वृद्ध भईसक्नु भएको उहाँलाई छोरा सहित केही व्यक्तिहरु विभिन्न बहानामा तल पार्ने काम गरेको हुँदा आज सम्म गरुडा नगरपालिकामा चाहे अनुसारको विकास निर्माणको कार्य सम्पन्न हुन सकेन । हरेक कार्यमा अनियमितताले भरिएको हुँदा हामी जस्ता सध्य एवं भद्र महिलाको त्याहाँ पुग्न हुलाकबाट पत्र आउनु कतिको दुखद कार्य भएको तपाईहरु आफै ठ्म्याई लगाउनुस उनले भनिन ।
असार १० भित्रै नगरसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने र साउन अगाडी नै पास गनुपर्ने व्यवस्था छ । अन्यथा बजेट पेश नगर्ने पालिकामा बजेट निकासा नहुने जस्ता प्रावधान भएपनि आन्तरिक किचलोको कारण गरुडा नपामा हाल सम्म नगर अधिवेशन हुन सकेको छैनन् ।
यस्तै देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलले परिषद गर्न निकै प्रयास गरेपछि गत सता मात्रै उपमेयर परनिया देवी पटेल संग सहमती भएको छ । भने जतिको बजेट दिन्छु भनेपछि उपमेयर पटेलले सहमती गरेकी छिन । सो नपामा प्रमुख र उपप्रमुखबीच ६० र ४० प्रतिशत बजेट बाँडफाँट गर्ने सहमति सबै मनमुटाव सकिएको बताइएको छ ।
उपमेयर पटेललाइ एक करोड ७० लाख बजेट छुट्याउने मेयरले प्रतिबद्धता गरेको छ । यसरी छुट्याइएको बजेट प्रमुख र उपप्रमुखले आफ्नो चुनावी योजना बनाउने छन । देवाही गोनाही नपामा बिगत ४ बर्ष देखी मेयर उपमेयर बिच बिवाद चल्दै आएको थियो, अन्त्यमा आएर बजेटमा तालमेल मिलेपछि सबै विवाद सकिएको छ ।
रौतहटको अर्का राजदेवी नगरपालिकामा मेयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंह विच हाल सम्म सहमती हुन सकेको छैनन् । पालिकामा निर्वाचित भए देखि नै दुवै जनाविच बजेटको विषयलाई लिएर पटक पटक विवाद चल्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै