आरसीबीले दिल्लीलाई हराउदै अंक तालिकामा पाँचौं स्थानमा उक्लिए

76 Shares
बैंगलुरु, ३१ वैशाख । गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरु अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
आइतबार राति सम्पन्न भएको खेलमा टोलीले दिल्ली क्यापिटल्सलाई ४७ रनको फराकिलो अन्तरबाट जित निकाल्दै लगातार पाँचौं खेल जित्न आरसिबी सफल भएको हो । बैंगलुरुले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४० रनमा अलआउट भए । दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९ बलमा सर्वाधिक ५७ रनको योगदान दिए ।
त्यस्तै, साई होपले २९ रन तथा जेक फ्रेजर म्याकगर्कले ८ बलमा २१ रन बनाए । रसिख सलामले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बैंगलुरुका लागि यश दयालले ३ विकेट तथा लोकी फर्गुसनले २ विकेट लिए । स्वपनील सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एक–एक विकेट हात पारे ।
यसअघि, पहिलो ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । टोलीका लागि रजत पटिदारले ३२ बलमा ५२ रनको योगदान दिए ।
त्यसैगरी विल ज्याक्सले २९ बलमा ४१ रन हिर्काए । क्यामरुन ग्रिनले नटआउट रहँदै ३२ रन तथा विराट कोहलीले २७ रन बनाए । दिल्लीका लागि खलिल अहमद र रसिक सलामले २–२ विकेट लिए । इशान्त शर्मा, मुकेश कुमार र कुल्दीप यादवले १–१ विकेट हात पारे ।
१३ खेलपछि बैंगलुरु १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । दिल्ली समान अङ्कसहित छैटौँ स्थानमा छ । दिल्लीभन्दा बैंगलुरुको नेट रनरेट राम्रो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।