रौतहट, ३१ वैशाख । आम जनता पार्टीद्धारा जारी राखिएको भन्सार विभाग कार्यालय घेराउ प्रदर्शन कार्यक्रममा प्रहरी हस्तक्षेप हुँदा दोहोरो झड्प भएका छन् ।
भन्सार विभागको नीतिमा कथित ४५ प्रतिशत लुटकारी नियमलाई खारेजीको माग गर्दै चौथो चरण अन्तर्गत सोमवार ११ दिनको घेराउ प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा दोहोरो झड्प भएका हुन् ।
झड्पको क्रममा दुई जना आजपाका कार्यकर्ता गम्भीर घाईते भएका छन् भन् दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर लगेको आम जनता पार्टीले जनाएको छ ।
त्रिपुरेश्वर स्थित भन्सार विभागको घेराउमा उत्रिएका आजपाका केन्द्रीय सदस्यहरु चन्दा देवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन भने आजपाको वरिष्ठ नेता तिलक थापा, प्रवक्ता चन्द्रभूषण साह लगायत दर्जनौंलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
आन्दोलनको संयोजन गरेकी रञ्जु साहले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आजपाका कार्यकर्ताहरु माथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको जानकारी दिईन् । आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग गरेर आन्दोलन गरिरहेको छ ।
आजपाले अब भन्सारको लुटकारी प्रावधान खारेजीमा सरकार सकारात्मक नबने कडा आन्दोलन चाल्ने र आन्दोलनबाट उत्पन्न हुनै सबैखाले परिस्थितिको जिम्मेवारी सरकारको हुने चेतावनी दिए ।
आम सम्पर्क मञ्चद्वारा भन्सार बिभाग मार्फत सरकार समक्ष प्रस्तुत गरिएका मागहरुमा भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधानहरु हटाउनुपर्ने रहेका छन् ।
यस्तै, मागहरुमा भन्सार महशुल नबुझाएकै कारण निजी सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने पनि समावेश गरिएको छ । भन्सारबाट उठेको राजस्व रकमको २५% सम्बन्धित प्रदेशलाई र २५% सिमासंग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने आजपाको मुख्य राखेका छन् ।
शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेर तिलक थापा मगर, चन्द्रभुसन साह, रञ्जु साह, आर्य पाण्डे, चन्द्रिका लाल साह, देव कुमारी साह, कनक सिंह, मीना देवी साह, बिरबल यादव, हरिनारायण साह, सुनिल कुमार साह,
सुरेश साह, प्रभु साह, अरुण कुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिसोर साह, रामकिशोर साह, उमेश साह र रामनारायण साहलाइ प्रहरीले पक्राउ गरेर लगेको आम जनता पार्टीले विज्ञप्ती मार्फत जानकारी दिदै पक्राउ गरिएकाहरुलाई अविलम्ब विनाशर्त रिहा गर्न माग गरेका छन् ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट