हरेक क्षेत्रमा हरिविजोग, कहिले सुध्रिएला ?

   ३१ बैशाख २०८१, सोमबार १८:०८  

हैन यो देशमा ऐन कानुन छ की छैन, हरेक निकायमा लथालिंग किन, के यस्तै लुट्नका लागि संघियता आएको होला ? रौतहट सहित मधेश प्रदेशका विभिन्न जिल्लाहरुको हरेक निकायमा यस्तै हरिविजोग रहेको सुन्न पाइरहेका छन् ।
वन मासेर काठको तस्करी गर्न देखि लिएर सीमा चुहावट नियन्त्रणको नाममा ढोल पिट्नेहरुका युनिटहरुबाट धमाधम राजस्व छलेर तस्करी कार्य निर्वाध रुपमा जारी रहेका किन नहोस वा रौतहटको लागि आएको एम्बुलेन्स व्यत्तिगत फायदाको लागि मधेश प्रदेशको राजधानीमा राखेर आर्थिक हिनामिना गर्दै आएको किन नहोस, स्थानीय तहमा मनोमानी ढंगबाट भईरहेका कार्यहरु, प्रदेश सरकारबाट हुने विकासे बजेट कार्यकर्ता पाल्ने बजेटमा परिमार्जन हुँदै गइरहेको हेर्दा अहिले हरेक क्षेत्रमा दण्डहिन्ता बढेर गएको अवस्था रहेको पाइन्छ, त्यसलाई नियमनकारीको दायरामा कसले ल्याउला ? अहिले गम्भीर प्रश्न चिन्ह खडा भएका हुन् ।
विभिन्न स्थानीय तहहरुमा च्याउ झै उम्रिएका नीजि अस्पतालहरु मापदण्ड विपरित संचालनमा रहेतापनि आर्थिक पहुँचका भरमा सबै गलत कार्यहरु जायज मानिएका छन् किन् ? होला के यसैको लागि संघियता आएको हो भन्ने गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।
भारतीय नम्वर प्लेटको स्कारपीओ जिपमा गोलिया काठको तस्करी हुनु अति नै दुखद रहेको छ, देशको आर्थिक अवस्था धरमराउदै जाँदा राजस्व संकलन गर्ने निकाय नै व्यत्तिगत राजस्व संकलन गर्नमा चुर्लुम्म डुबेर राज्यलाई ठूलो हानी नोक्सानी पुर्याइरहेको छ तर नियन्त्रण गर्ने निकायहरु त्यसैमा संलग्न रहदा यहाँको अवस्था कसरी सुध्रिएला समाजसेवीहरु बताउँछन् ।
सहकारीको अबौं रकम हजम पार्ने, भुटानी शरनार्थी प्रकरण, ललिता निवास प्रकरण, एनसेल प्रकरण लगायत मुलुकमा दर्जनौं प्रकरणको सामु यस्ता झिनामसिना अनियमितता माथि कसले ध्यान देला ? यसैगरी विस्तारै विस्तारै मुलुक अत्यन्त जर्जर अवस्थामा पुगेर श्रीलंकाको अवस्था बन्न लागेका नेपाललाई कसले जोगाउला ? यहाँको जनताहरुलाई सुरक्षित कसले राख्ला भने प्रश्न उब्जिएको छन् ।
यस्ता दण्डहिन्ता काम गर्नेहरु विरुद्ध जनताहरु एकजुट भई स्वस्फूर्त रुपमा उनीहरुलाई सबक सिकाउनुपर्ने एक मात्र विकल्प रहेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै