सुरक्षित आवास कार्यक्रमबाट लक्षित वर्ग नभई अन्य वर्ग लाभान्वित भएको आरोप लगाउदै दलितहरुद्धारा पालिका घेराउ

तराई टप संवाददाता
रौतहट, १५ असोज । सुरक्षित आवासको माग गर्दै दलित आवास संघर्ष समितिले पालिका घेराउ गरेका छन् ।
रौतहट जिल्लाको विभिन्न पालिकाको कार्यालयलाई शुक्रवार दलित आवास संघर्ष समितिका कार्यकर्ताहरुले घेराउ गरेर ज्ञापन पत्र बुझाएका हुन् ।
सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर मर्मत एवं निर्माणको लागि करिव ३ वर्ष देखि स्थानीय तहमा करोडौ रकÞम आईरहेको भएपनि लक्षित वर्गहरु झन् पीडित बन्दै गएको अन्य वर्ग सोको लाभ उठाइरहदा दलित संघर्ष समितिले बाध्य भई संघर्षको बाटो रोज्नु परेको उनीहरुको गुनासो छ । स्थानीय सरकार मातहत रहेको ‘सुरक्षित आवास कार्यक्रम’ मा भईरहेको चरम लापरवाही एवं भ्रष्टाचारले गर्दा करोडौ रकम फ्रिज एवं दुरुपयोग भएको आरोप समेत पिडितहरुले लगाएका छन । यमुनामाई गाउँपालिका, गरुडा नगरपालिका सहितको पालिकाहरुमा घेराउ गरेका थिए ।