अभिनेत्री तब्बु हलिउडमा डेब्यु गर्ने तरखरमा

   १ जेष्ठ २०८१, मंगलवार १५:५३  

नयाँ दिल्ली । बलिउड अभिनेत्री तब्बुले हलिउडमा डेब्यु गर्ने भएकी छिन ।
भेराइटी म्यागजिनका अनुसार भारतीय सुपरस्टार अभिनेत्री हलिउडको चर्चित सिरिज ‘ड्युन प्रोफेसी’ मा अनुबन्धित भएकी हुन् ।
यो सिरिजमा तब्बु ‘सिस्टर फ्रान्सेस्को’ को भूमिकामा देखिने छिन् । यो एक विज्ञान कथाको श्रृंखला हो । यो श्रृंखलालाई ब्रायन हर्बर्ट र केविन जेले लेखेका हुन् । एन्डरसनले लेखेको कथा ‘सिस्टरहुड अफ ड्युन’बाट यो सिरिज प्रेरित छ । ‘ड्युन ः प्रोफेसी’ श्रृंखला सन् २०१९ मा सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै