करेन्ट लागेर दुई बालक घाईते, थप उपचारको लागि काठमाडौ पठाइयो

   १५ आश्विन २०७८, शुक्रबार २१:०४  

तराई टप संवाददाता
रौतहट, १५ असोज । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ८ बेतौनामा करेन्ट लागेर दइ बालक घाइते भएका छन ।
बेतौनाको १० बर्षिय अर्जुन पासवान र बर्ष ८ को शिवम पासवान घाइते भएका हुन् । चन्द्रपुर ८ स्थित बिहान १० बजे तिर रेल्वे लिकमा रहेको ठेकेदारको क्याम्प नजिकै ती वालकहरु लाई खेल्ने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घाइते दुवै लाई चन्द्रपुरमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको इप्रका चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै