सैफ अली खान र करिना कपुर बिचको सम्बन्ध चिसिदै

   २ जेष्ठ २०८१, बुधबार १५:३१  

नयाँ दिल्ली । अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुर बिचको सम्बन्ध चिसिदै गएको मिडिया रिपोर्टले जनाएको छ ।
सैफ अली खानले आफ्नो हातमा करिनाको नामको ट्याटु बनाएका थिए । त्यो ट्याटुको सटामा अर्काे ट्याटु हेरे पछि समाजिक सञ्जालमा यस्तो हल्ला चल्न थालेको हो ।
सैफले आफ्नो हातबाट श्रीमती करीना कपुरको नामको ट्याटु हटाएको कारण दुवै बिच सम्वन्ध चिसिन थालेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
सामाजिक सञ्जालमा सैफ अली खानको भाइरल तस्बिरमा मानिसहरुले अनेकौं कमेन्ट लेखिरहेका छन् । एक प्रयोगकर्ताले ‘सबै ठीक छ ? ’ भनेर प्रश्न सोधेका छन् । अर्काले भने सैफ र करीनाबीच केही भएको हो भनेर सोधेका छन् । एक यूजरले करीनासँग सम्बन्ध बिच्छेद गर्न लागेका हुन सक्ने भन्दै प्रश्न गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार सैफ अली खान अहिले एउटा फिल्मको सुटिङमा व्यस्त रहेका छन् । यही फिल्मका लागि उनले यो विशेष ट्याटु बनाएको हुन सक्ने आशंका गरिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै