तराई टप संवाददाता
रौतहट, १५ असोज । भारतको मुम्बईबाट विभिन्न बालबालिका सेक्टरमा कार्यरत संघसंस्थाले १२ जना नेपाली बालकहरुलाई उद्धार गरेर ल्याएको बालकहरुलाई शुक्रवार परिवारको पुर्नमिलन गराएको छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी सँगै बिद्यालय बन्द भएको अवस्था छ भने अर्को तर्फ घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी खोज्ने सिलसिलामा भारतको मुम्बइ पुगेका १३ देखि १७ वर्ष उमेर समुहका १२ जना नेपाली बालकहरुलाई बाल कल्याण समिति मुम्बइ, मिसन रेस्क्यु अर्पेसन, राष्ट्रिय बाल अधिकार परिषद, शक्ति समुह, लगायतले समन्वय र सहकार्य गरी संयुक्त पहल मा बालकहरुलाई उद्वार गरेर स्वदेश फर्काउन सफल भएको हो ।
मुम्बईबाट आएका बालकहरुलाई शुक्रवार राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा पारिवारिक पुर्नमिलन गरिएको बताइएको छ । स्वदेश फर्काइउको बालकहरु पुर्नमिलन गराएका १२ जना बालकहरु मध्ये १० जना रौतहट जिल्ला, १ जना सर्लाही र १ जना महोतरी जिल्लाका रहेका छन ।
बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बालधिकार परिषदमा कार्यरत नमुना भुषालले बालबालिकाहरुको बिषेश हेरचाह गर्ने मुख्य जिम्मेवार परिवारको रहेको बताए । बालबालिका खोजतलास केन्द्रमा कार्यरत प्रहरी निरिक्षक रुद्र बहादुर गीरीले बिभिन्न बहानामा हराएका र भेटिएका बालबालिका धेरैजसो रौतहट जिल्लाका रहेका समेत जानकारी गराए ।
कोभिड १९ को बेला बिद्यालय बन्द हुनु, बालबालिकाको बिशेष हेरचाह नहुनु जस्ता कारणले हाल धेरै बालबालिकाहरु बालश्रम, मानब बेचबिखन तथा अन्य उत्पिडनको जोखिममा परेका शक्ति समुहका कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन