रौतहट, ३ जेठ । लागुऔषध नियन्त्रण व्यूरोले संघिय राजधानी काठमाडौंबाट करोडौंको लागुऔषध कोकिन सहित तिन जना विदेशी महिलालाई पक्राउ गरेका छन् ।
काठमाडौंको विभिन्न स्थानहरुमा लागुऔषध नियन्त्रण व्यूरोले छापा हानेर झण्डै ७ करोड ९६ लाख मूल्य बराबरको लागुऔषध कोकिन सहित उक्त कार्यमा संलग्न रहेका तीन जना विदेशी महिलालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएका हुन् ।
लागुऔषध नियन्त्रण ब्यूरोले २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिन सहित पक्राउ गरेका तीनै जना अन्तरराष्ट्रिय लागुऔषध गिरोहका सदस्य भएको प्रहरीले बताए ।
गत वैशाख ३० मा कतारबाट काठमाडौं आएकी युगान्डाको ४४ वर्षीया नागरिक केभिना मुगाला सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गरेर बाहिर निकालिएको थियो । पेट भित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम प्रहरीले बताए ।
यसैगरी युगान्डाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परिन । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । युगान्डाको लागुऔषध कारोवारी महिला संग कोकिन किन्न हिजो धोविचौर पुगेकी ३३ वर्षीया भारतीय महिला दिवा जनी पल लाई समेत प्रहरीले पक्राउ गरिएका थिए । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा लागुऔषध ओसारपसार ऐन अन्तर्गत कारवाही चलाउने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन