रौतहट÷विश्वभरी लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले ग्राहकको प्राइभेसी तथा सुरक्षाका लागि लगातार अपडेट एवं अनुसन्धानमा जुटिरहेको छ ।
वास्तवमा एपमा सेक्योरिटी सँग जोडिएको सम्बन्धित जति धेरै समस्याहरु देखिएका हुन्छन् त्यसमध्ये अधिकांश घटनाहरु अपडेट नगरिएको पुरानो भर्सनको एपमै देखिएको हुन्छ । त्यसैले यस्ता खालका समस्याहरु हटाउनका लागि ह्वाट्सले हरेक वर्ष केही पुराना संस्करणका फोनमा ह्वाट्सको सपोर्ट बन्द गर्ने गर्दछ जुन फोनहरुमा ह्वाट्स जारी गर्ने पछिल्लो भर्सन अपडेट हुँदैन ।
यो पटक पनि ह्वाट्सले त्यस्तै गर्ने भएको छ । आउदो नोभेम्बर महिना देखि विभिन्न मोडेलका फोन प्रयोगकर्ताहरुले ह्वाट्सएप प्रयोग गर्न पाउने छैनन् किन भने ती फोनहरु ह्वाट्सएपले सपोर्ट गर्ने छैनन् । ह्वाट्सएप सपोर्ट बन्द हुने फोनहरुमा एन्ड्रोइड, आइ ओ एस देखि काइ ओ एस फोनहरु समेत हुने छन् ।
ह्वाट्सएप सपोर्ट नगर्ने एन्ड्रोइड फोनहरु
यदि तपाईंहरुसँग एन्ड्रोइडको ४.०.४ तथा त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएको फोन छ भने त्यसमा आगामी नोभेम्बर १ देखि ह्वाट्सएप चल्ने छैन । अहिले बजारमा एन्ड्रोइड १२ युक्त फोनहरु उपलब्ध भइसकेका छन् । नोभेम्बर देखि ह्वाट्सएपले सपोर्ट नगर्ने फोनहरुमा सामसुङ ग्यालेक्सी एसआइआइ, ग्यालेक्सी एस थ्री मिनी, एलजीको अप्टिमस फोन लगायतका रहेका छन् ।