आज राति १२ बजे देखि ७२ घण्टाको लागि नेपाल भारत सीमा बन्द हुँदै

83 Shares
फाइल तस्वीर
रौतहट, ५ जेठ । भारत संग जोडिएका सीमा नाका शनिवार राति १२ बजे देखि ७२ घण्टा सम्मको लागि बन्द हुने भएको छ ।
भारतमा पाँचौ चरणको लोकसभाको निर्वाचनको क्रममा सीमावर्ती क्षेत्रमा जेठ ७ गते हुन गईरहदा सो क्रममा नेपालबाट भारत तर्फ तथा भारतबाट नेपाल तर्फ आउने कार्यमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।
निर्वाचनलाई लक्ष्ति गर्दै जेठ ५ गते शनिवार राति १२ बजे देखि लिएर जेठ ७ गते राति १२ बजे सम्म रौतहटको राजदेवी नगरपालिकाको ब्रम्हपुर देखि लिएर इशनाथ नगरपालिकाको बन्जरहा सम्म सीमानाकाहरु पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक रुपमा पत्र जारी गर्दै जानकारी गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्धारा हस्ताक्षरित जारी गरिएका पत्रमा राजदेवी नपा ९ ब्रम्हपुर देखि लिएर इशनाथ नपा १ को बन्जरहा सम्म आज मध्य राति देखि भारत तर्फ ओहरदोहर गर्न पूर्ण रुपमा रोक लगाइने बताइएको छ ।
यसैगरी छैठो चरणको निर्वाचन नजिकै शिवहर र चम्पारण क्षेत्रमा जेठ १० गते निर्वाचन हुँदा शिवहर र चम्पारण संग रौतहटको सिमा लाग्ने भएको हुँदा जेड ८ गते राति १२ बजे देखि लिएर १० गते राति १२ बजे सम्म इशनाथ नगरपालिका १ देखि बौधीमाई ७ बंकुल सम्मको सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।
निर्वाचन सकेपछि निर्वाध रुपमा सीमानाकाहरु सुचारु हुने उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।