रोयल च्यालेन्जर्स बैंगलुरु आइपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली बन्यो

50 Shares
बैंगलुरु, एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै सिएसकेलाई परास्त गरी प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ ।
चिन्नास्वामी अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै प्लेअफमा प्रवेश गरी शीर्ष चौंथो उक्लिएको हो ।
चेन्नईलाई प्लेअफमा पुग्नका लागि बैंगलुरुसँग १८ रन भन्दा कम अन्तरबाट हराउनु पर्ने थिए । तर, २ सय १९ रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । साबिक विजेता टोली सीएसकेलाई नेट रन रेटको आधारमा हराउदै प्लेअफमा आरसीवी पुग्न सफल भए  ।
सीएसकेको लागि रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । उनले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, रवीन्द्र जडेजाले २२ बलमा ४२ रन जोडे । अजिंक्या रहानेले २२ बलमा ३३ रन तथा महेन्द्र सिंह धोनीले १३ बलमा २५ रन जोडे पनि प्लेअफसम्म पु¥याउन सकेनन् ।
बैंगलुरुका लागि यश दयालले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरुन ग्रिनले १–१ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बैंगलुरुले कप्तान फाफ डु प्लेसिसको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।
डुप्लेसिसले ३९ बलमा ५४ रन बनाउने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे । विराट कोहलीले २९ बलमा ४७ रन बनाएर टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । त्यस्तै, रजत पटिदारले २३ बलमा ४१ रन बनाउँदा क्यामरुन ग्रिनले १७ बलमा ३८ रनको विस्फोटक इनिङ्स खेले । चेन्नईका लागि शर्दुल ठाकुले २ तथा तुसार देशपाण्डे र मिचेल स्यान्टरले १–१ विकेट लिए ।
१४ खेलपछि बैंगलुरु र चेन्नईको समान १४ अङ्क भए पनि बैंगलुरुको नेट रन रेट ०.४५९ पुगेको छ भने चेन्नईको नेट रनरेट ०.३९२ मा सीमित बन्यो । बैंगलुरुसँगै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादसँग प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार