ताइवानी सांसद बिल चोरेर संसदबाट भागे

   ६ जेष्ठ २०८१, आईतवार ०८:३२  

ताइपेय, एजेन्सी । ताइवानी संसदमा पेश हुन लागेको सुरक्षा सम्बन्धी विल चोरेर एक साँसद भागेको भिडियो अहिले सार्वजनिक भएका छन् ।
एक ताइवानी सांसदले विधेयक समातेर विधायिकाको कक्षबाट बाहिर निस्किएको देखाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका हुन् ।
भिडियोमा अन्य सांसदहरूले पनि उनलाई पछ्याइरहेको देखाइएको छ । यसअघि एउटा भिडियोमा ताइवानी सांसदहरूले सुधारको विषयमा विवादमा एक अर्कालाई कुटपिट, लात र मुक्का प्रहार गरेको देखाइएको थियो । सदनबाट भागेका साँसद माथि चीन समर्थक भएको आरोप लागेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै