संघीय हिन्दू गणतन्त्र स्थापना हुनुपर्नेः अभियानका अध्यक्ष यादवको जोड

   ६ जेष्ठ २०८१, आईतवार १४:४१  

सुर्खेत, ६ जेठ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना हुनुपर्ने जोड दिए ।
सुर्खेतमा राष्ट्रिय एकता अभियानद्धारा “संघिय हिन्दू गणतंत्र स्थपनाका लागि छलफल” आयोजित कार्यक्रममा उनले नेपालमा रहेको विविधतालाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताएका हुन् ।
“जुन दिन सनातन संस्कृति समाप्त हुन्छ, त्यस दिन राष्ट्रिय एकता पनि समाप्त हुनेछ,” उनले भने, “हरेक ४० किलोमिटरमा हाम्रो देशमा सांस्कृतिक विविधतामा फरक छ, अलग–अलग संस्कार, संस्कृति र भेषभुषाहरु पृथक छ, पूर्व देखि पश्चिम सम्ममा विविधता छ, ती सबैलाई जोड्ने एक मात्र विकल्प सनातन संस्कृति र हिन्दू धर्म मात्रै हो ।”
अध्यक्ष यादवले हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उनले बताए । “राष्ट्रियता जस्तो मूल्यवान शब्द पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादि कालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको मुख्य आधार हो,” उनले भने, “नेपालमा अनादि कालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो ।”
“संघीय हिन्दू गणतन्त्र स्थापना नभएसम्म हामी हाथ माथि हाथ राखेर बस्न सक्दैनौं । नेपालभरी बिभिन्न हिन्दू संघ संस्था कार्य गरीरहेकोमा सबैलाई सम्मान गर्नु साथ अब हिन्दूबादीहरुले राजनैतिक विकल्प खाडा नगर्ने हो भने हिन्दूसमाजलाई धर्मनिरपेक्ष शक्तिहरुले अझ झन दुःख दिने बताये, बर्तमानका सबै राजनैतिक दलहरु हिन्दू बिरोधी भएको हुनाले हिन्दूबादीहरु राजनैतिक रुपमा अगाडि बढ़नुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद जानकी सिंहले दोस्रो जनआन्दोलनपछि निर्माण भएका अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्म निरपेक्षता शब्द लेखाएर जवरजस्ती नेपाली समाज माथि लादियो । मुलुकमा संघीय हिन्दू गणतन्त्र स्थापना गर्न राष्ट्रिय एकता अभियानले अगाडि सारेको एजेन्डा सबै नेपालीको हृदयलाई छुने खालको भएको उनले बताइन ।
नेपाली समाजमा अघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको बताइन । तर, आफ्नो संस्कार र संस्कृतिलाई भुल्दै जाँदा दुःख पाउने अवस्थामा नेपाल र नेपाली रहेको उनले भनिन ।
कार्यक्रमको सभापतित्व गरिरहेका समाजसेवी काली प्रसाद शाक्यले अभियानद्धारा संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकोमा अब एक जुट भई अगाडि बाढंनु को बिकल्प नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै