हाइवे न्यूजको १२ बर्षे यात्रा

   ६ जेष्ठ २०८१, आईतवार १७:२५  

पूर्व पश्चिम राजमार्ग संग जोडिएका रौतहटको चन्द्रपुरबाट प्रकाशित हुँदै आएका “हाइवे” न्यूजले १२ बर्षे यात्रालाई हर्षोल्लास एवं भव्य रुपमा मनाए ।
संचार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ संचारकर्मी मनोज साहले २०६९ सालमा आफू प्रकाशक भएर संचालनमा ल्याएका हाइवे न्यूजको १२ बर्षे यात्रालाई अविष्मर्णीय बनाउन भव्य रुपमा शनिवार रौतहटको चन्द्रपुर स्थित तराई इन होटलमा मनाए ।
१२ बर्षे बार्षिकोत्सव कार्यक्रमलाई भव्य बनाउन प्रकाशक साहले नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत सहित नेपाल पत्रकार महासंघका सचिव, वरिष्ठ पत्रकार सहित विभिन्न समाजिक क्षेत्रमा कार्यरत लब्धप्रतिष्ठीत व्यक्तिहरुलाई आमन्त्रण गर्नुका साथै जिल्ला स्थित सम्पूर्ण संचारकर्मीहरुलाई एकै मञ्चमा उपस्थित गराएर आफना बार्षिक कार्यक्रमलाई सफल बनाउन सफल भए ।
१२ बर्षे यात्राको प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बिकास र सम्बृध्दिको बाटोमा नेपाली पत्रिका चल्नु पर्ने बताए । समाचारको कन्टेन, त्यसको सुधार, खोजमुलक समाचार पाठकलाई दिनु पर्ने बताए । सुचना र प्रबिधिको युगमा अघि बढेको आजको युग अनुरुप संचार माध्यम चल्न सकेमा मात्रै छापा माध्यमले निरन्तरता पाउने स्पष्ट पारे ।
पत्रपत्रिकालाई जोगाउन राज्यको भुमिका रहनु पर्छ ब्यक्तिको नाममा दर्ता भए पनि राज्यकै लागि काम गर्ने भएकाले पत्रपत्रिकालाई राज्यले जोगाउनु पर्ने बताए
चन्द्रपुर नगरपालिकाकाको नगरप्रमुख संजय काफले, गरुडा नगरपालिकाको नगरप्रमुख कन्ठमुणी प्रसाद जयसवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, केन्द्रीय सदस्य शिवबहादुर पुरी, पत्रकार संजय कार्की, प्रभातकुमार झा, उत्तम उपाध्याय, फणीदेव महत, लगायतका संचारकर्मीहरुले आ आफना मन्तव्य राख्दै हाइवे न्यूजको उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाई दिए । हाईवे न्यूज दैनिकका प्रकाशक मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बालबिक्रम कार्कीले संचालन गरेका थिए भने । सोही कार्यक्रममा बिभिन्न संचारकर्मीहरुलाई र दर्जनौं अतिथिहरुलाई मायाको चिनो प्रदान गरेर हाइवे न्यूजको प्रकाशक साहले आमन्त्रीतहरुको हौसलालाई बढाएको थियो ।

हाइवे न्यूजको १२ बर्षे यात्राको यादगार क्षणको केही तस्वीरहरुः

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै