रौतहट, ७ जेठ । संघिय राजधानी काठमाडौंको बुढानीलकण्ठ एरियामा लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार बुढानीलकण्ठ एरियाबाट सुन लुटपाट गर्नमा रौतहट जिल्ला मौलापुर नगरपालिका वडा नम्वर ४ घर भएका १९ बर्षिय सरोजकुमार साह र सोही स्थानका २० बर्षिय राधेश्याम साहलाई पक्राउ गरिएका हुन् ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलामा लगाइएको सिक्री सरोजकुमार साहले जेठ ४ गते लुटेको आरोप लागेको छ ।
पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी बूढानीलकण्ठ वडा नम्वर २ माथिल्लो भंगालमा जेठ ३ गते ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्याम साहले लुटेको आरोप लागेको छ । राधेश्यामको साथबाट सिक्री भने फेला परेको छैन । दुबै घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन