72
Shares
सर्लाही, ७ जेठ । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले जेठ १० गते देखि निशुल्क कम्प्यूटर कक्षा संचालन गर्न गईरहेका छन् ।
चन्द्रनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर थिङद्धारा जारी गरिएको परिपत्र अनुसार, जेठ १० गते देखि निशुल्क कम्प्यूटर कक्षा (बेसिक कोर्ष) संचालन हुन गईरहेकोमा पालिका भित्रका एसइइ र कक्षा १२ को परीक्षा दिईसकेका इच्छुक छात्रछात्राहरुले समयमै सम्पर्क गरेर आफनो सीट सुरक्षित राख्न सूचना जारी गरिएका हुन् ।
जम्म २५ जनाको कोटा आरक्षित रहेको हुँदा आज साँझ सम्म सम्पर्क गर्न सुचना जारी गरिएका थिए । जारी सूचना अनुसार निवेदन, नागरिकता वा जन्मदर्ताको छाया कपी, एसइइ वा १२ कक्षाको परीक्षा दिएका प्रवेश पत्रको छाया कपी पेश गर्नुपर्ने सुचनामा जनाइएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट