रौतहट, ८ जेठ । रौतहटको पश्चिमी भेग इशनाथ नगरपालिकाबाट श्रोत नखुलेको रकम सहित सोही पालिकाका युवकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, प्रहरी चौकी मठिया महुलियाबाट खटिएका प्रहरीले इशनाथ नगरपालिका वडा नम्वर ४ लत्तमरीमा चेकप्वाइन्ट थापेर चेकजाँच गर्दै गर्दा बिआर ०५ एएन८११७ नम्वरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको शरिर खानतलासी गर्दा दुई लाख ९६० नेपाली र ७६५ रुपैया भारतीय रुपैया बरामद भएपछि सोको श्रोत खुलान नसक्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रोत खुलाउन नसकेको रकम बोक्ने इशनाथ नगरपालिका वडा नम्वर ५ का रामचरण साहको ३१ बर्षिय छोरा सन्तोषकुमार साहलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि श्रोत नखुलेको नोट, मोटरसाइकल सहित साहलाई गौर भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन