“आइपीभी खोप अभियान २०८१” पूर्ण रुपमा सफल पार्न संचारमाध्यम को भूमिका महत्वपूर्ण

45 Shares

रौतहट, ९ जेठ । यही जेठ १३ गते देखि राष्ट्रिय अभियानको रुपमा संचालन हुन गईरहेको “आइपीभी खोप अभियान २०८१” पूर्ण रुपमा सफल पार्न संचारमाध्यम को भूमिका अति नै महत्वपूर्ण रहने गरेका छन् ।
“आइपीभी खोप अभियान २०८१” जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्धारा बुधवार गौरमा “जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरु” संग एक दिने अभिमुखिकरण गोष्ठीको आयोजना गरिएका हुन् ।
दुई चरणमा संचालन गरिने आइ पी भी खोप अभियान २०८१ अन्तर्गत रौतहट जिल्लामा पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा जेठ १३ देखि १७ गते सम्म संचालन हुने छ । यसैगरी दोश्रो चरणमा राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म संचालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले जानकारी दिए ।
२०७३ बैशाख १ गते देखि २०७५ असोज मसान्त भित्र जन्मिएका बालबालिकाहरुलाई आइपीभी खोप लगाउने बताउदै रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आईसकेको उनले भने । देशैभरी एक साथ सुरु हुने यस अभियानलाई पूर्ण रुपमा सफल बनाइदिन संचारमाध्यमको अति नै महत्वपूर्ण भुमिका रहेको हुँदा सकारात्मक भई समाचार सम्प्रेशन गरिदिन हुन उनले आग्रह गरे ।


विश्व स्वास्थ्य संगठन जनकपुरधामका फिल्ड अफिसर डा. सुरेश शक्लाले नेपालमा आइपीभी खोप सेवा अभियान २०७१ असोज मसान्त देखि सुरु गरिए तर २०७३ बैशाख देखि २०७५ असोज मसान्त सम्म उक्त खोपको चरम अभाव भए त्यसैलाई परिपूर्ती गर्नका निमित्त यस अभियानलाई निरन्तरताको दिदै देशै भरी खोप अभियान संचालन गरिएको उनले बताए ।
सो अवधिमा आईपीभी खोप लगाउन छुटेका बालबालिकाहरुलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ति बालबालिकाहरुलाई अनिवार्य रुपमा यो खोप दिन जरुरी रहेको स्पष्ट पारे ।
८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रति लगाउन नसकेको खपको समग्र अवस्था नेपालमा रहेको चर्चा गर्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साहले रौतहट जिल्लाको १८ वटा पालिकालाई दुई भागमा बाँडेर दुई चरणमा यस अभियानलाई संचालन गरिने भएको हुँदा सम्बन्धित स्थानीय तहका विद्यालयहरुमा खोप केन्द्र खडा गरेर अनिवार्य रुपमा लक्ष्ति संख्यालाई खोप लगाउनुपर्ने आग्रह उनले गरे ।


सो कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवले संचारमाध्यम पूर्वाग्राह नभई एकदमै सकारात्मक रुपमा संदेश फैलाइदिएमा कार्यक्रम पूर्ण सफल हुने विश्वास व्यक्त गर्दै अभियानको क्रममा सुरक्षा समन्वय मिलाउने तथा स्थानीय स्तरमा आइपर्ने बाधाव्यवधानलाई समाधान गर्न गराउन जिल्ला प्रशासन कार्यालय रौतहटले आफनो दायित्वलाई पुरा गर्ने बताए ।
जिल्ला समन्वय समितिका सभापति एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झाले अभियानको पूर्ण सफलताको कामना गरेका थिए । सो कार्यक्रममा रौतहट प्रहरी एसपी दिलिप घिमिरे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभियन सिंह, युनिसेफका प्रतिनिधि सुरेश गुप्ता लगायत संचारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।