इरानले अजरबैजानको सिमा नजिकै सुरु गरे सैन्य अभ्यास

685 Shares

तेहरान । इरानी सेनाले अजरबैजान सँग जोडिएको सीमा नजिकै सैन्य अभ्यास सुरु गरेको छ ।
सरकारी टेलिभिजनको फुटेजमा देखिएअनुसार उत्तर पश्चिम इरानको एक क्षेत्रमा ट्यांक, हेलिकोप्टर र अत्याधुनिक हतियार सहित सु सज्जित भएका सेना परिचालित गरिएको हो ।
सेनाले स्वदेशमै बनेका लामो दूरीका ड्रोन र अन्य उपलब्धिहरूको परीक्षण पनि गरिरहेको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यसअघि गत महिना सीमा क्षेत्र नजिकै हतियारसहितको सेना पठाएको थियो । त्यसको बदलामा अजरबैजान, टर्की र पाकिस्तानले पनि बाकुमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।
अजरबैजान र इजरायलबीचको निकट सैन्य सम्बन्धले आफु चिन्तित भएको इरानले खुलेयाम बताउदै आएको छ । इरान र इजरायल एकअर्काको कट्टर शत्रु हुन् । इजरायलले गत वर्ष अर्मेनिया सँग चलेको ४४ दिन लामो युद्धका क्रममा अजरबैजानलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको थियो । उसले अत्याधुनिक ड्रोन र अन्य सामाग्री उपलब्ध गराएको बताइन्छ ।
आफ्नो छिमेकी सँगको यस्तो सम्बन्ध देखेर इरान चिन्तीत बनेको छ । इरानका लागि अजरबैजानका नयाँ दूतलाई सम्मान गर्दै इरानी विदेशमन्त्री होसिन अमिराब्दोल्लाहियनले यस विषयमा सतर्क गराएका थिए । ‘आफ्नो राष्ट्रिय सुरक्षा विरुद्ध हुने कुनै पनि उपस्थिति र गतिविधिलाई हामी सहन सक्दैनौं र त्यसविरुद्ध जेसुकै गर्नसक्छौं’ उनले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार